सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार (कात्तिक २९) सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *