चन्द्रागिरिमा बिहानीपख झरी थामियो, दिउँसो भारी वर्षा हुने पूर्वानुमान
थानकोट ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेशमा सामान्यतया बदली रहने पूर्वानुमान छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा पनि वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, बागमती प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा हुनसक्नेछ ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
महाशाखाले वर्षा, हिमपात, चट्याङ्, हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।














