‘कुनैपनि भ्रममा नपरौँ, गगन-विश्व दाइले कुनै गुट वा समूह बनाउनुभएको छैन’- दिपेश विष्ट
थानकोट ।
कीर्तिपुर नगरपालिका-४ का दिपेश विष्ट पेशाले सूचना प्रविधि ईञ्जिनियर तथा सूचना प्रविधि उद्यमी हुन् । उनले कम्प्युटर इन्जिनियरिङ, कानुन तथा ग्रामीण विकाससम्बन्धी अध्ययनसँगै प्रविधि र राजनीतिक क्षेत्रको अनुभव हासिल गरेका छन् ।
सूचना प्रविधिको क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्दै राजनीतिक संगठन र सार्वजनिक नीतिसँग जोडिएका विष्टसँग तत्कालीन प्रधानमन्त्रीका आईटी सल्लाहकारका रूपमा काम गरेको अनुभव छ ।
सूचना प्रविधिको प्रयोगमार्फत सरकारी सेवा र प्रशासनलाई थप प्रभावकारी बनाउने विषय ई-गभर्नेन्सको सुत्रपातमा विष्टले महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनले प्रविधि क्षेत्रको अनुभवलाई राजनीतिक संगठनसँग जोड्दै नेपाली कांग्रेसको डिजिटल रूपान्तरणमा समेत काम गरिसकेका छन् ।
पछिल्लो ६ वर्षदेखि पार्टीको डिजिटल रूपान्तरणमा मुख्य प्राविधिक नेतृत्व गरिसकेका विष्टको राजनीतिक यात्रालाई पनि यही प्रविधि र संगठनबीचको सम्बन्धसँग जोडेर हेर्न सकिन्छ ।
नेपाली काँग्रेसको महासमिति सदस्य तथा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य रहेका विष्ट केन्द्रीय प्रचार विभागका पूर्व केन्द्रीय सदस्य समेत हुन् । यस्तै, नेपाली कांग्रेसको इन्जिनियरहरूको संस्था सीडीइएनमा महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका विष्ट नेपाल इन्जिनियर्स काउन्सिलका पूर्व बोर्ड सदस्य समेत हुन् ।
कीर्तिपुरको डाँडामा बसेर महिनाको ३-४ लाख कमाउन सकिन्छ भन्ने गगनकुमार थापाको वाक्याशंका सुत्रधार मध्येका एक विष्टले नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० को क्षेत्रीय सभापति पदमा उमेदवारी दिने तयारी गरेका छन् । नेपाली काँग्रेसका अन्य नेता कार्यकर्ताले सामाजिक सञ्जालमा गुट उपगुटको हवला दिँदै स्टाटसहरू लेख्न थालेको भन्दै विष्टले सामाजिक सञ्जालमा लेखेका छन्ः














