नेपाली बजारमा सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपालमा सुन आज तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ