राप्रपा बागमती प्रदेश अध्यक्षमा तीनजना आकांक्षी
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् ।
बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाह, आकांक्षी देखिएका हुन् । रिमाल काठमाडौंका हुन् भने शाह भक्तपुरका हुन् । यस्तै पाठक नुवाकोटका हुन् ।
राप्रपाको बागमती प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिका सदस्य प्रा.डा. जयन्तनाथ खनाललाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ ।
राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।














