धावक मुकेशबहादुर पालले तोडे २२ वर्षअघि राजेन्द्र भण्डारीले कायम गरेको राष्ट्रिय कीर्तिमान

Thankot Times

थानकोट ।

२०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्र भण्डारीले कायम गरेको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

पालले भण्डारीको कीर्तिमानभन्दा १.२८ सेकेन्ड कम समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ