आजको माैसम पूर्वानुमानः केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्य बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।
राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













