नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ