आज बिहीबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको  वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशका सबै भूभाग तथा बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ