नेपालका बाढी प्रभावित बालबालिकालाई टप एन्ड टी-२० सिरिजको सहयोग

Thankot Times

थानकोट ।

अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी१–२० सिरिजले नेपालका बाढी प्रभावित बालबालिकाका  सहयोग गरेको छ ।

आयोजक नर्दर्न टोरिटोरी क्रिकेट संघका अनुसार, प्रतियोगिताका दौरान संकलन गरिएको ४ हजार २६९ अमेरिकी डलर युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिनेछ ।

उक्त रकम नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोगमा खर्च हुनेछ ।

सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने, सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ ।

नेपाल ‘ए’ले टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो ।

उक्त सिरिजकै क्रममा नेपालको रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढी आएको थियो ।

त्यतिबेला युनिसेफ अस्ट्रेलियाले नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न अपिल गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ