नेपाली बजारमा सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो
थानकोट ।
आज सुनको भाउ सामान्य बढेको छ ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।













