आज शुक्रबार कस्तो रहला दिनभरको मौसम ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ ।

हल्कादेखि भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो र राति नै केही प्रदेशका एकाध स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

मधेसलगायत कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस तथा कोसी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेशको थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ