आज मंगलबार दिनभर देशका धेरै ठाउँमा मौसम सफा रहने

Thankot Times

थानकोट ।

पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । भोलि प्रायः सबैजसो भागमा मौसम सफा रहनेछ ।

बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ