कांग्रेसको देउवा समूहको महाधिवेशनः सबै जनप्रतिनिधि स्वत: महाधिवेशन प्रतिनिधि

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो ।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई दुई दिनअघि पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका छन् ।

‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका/नगर/उपमहानगर/महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनुभएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ