सतुङ्गलमा ट्रक घरभित्र पस्दा पसल र स्कुटरमा क्षति

Thankot Times

थानकोट ।

काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।
बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९ः१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनवटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

तस्बिर:सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ