नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ ।

कुनै बेला हार नजिक पुगिसकेको चितवनले अन्तिममा ८ रनको नाटकीय जित निकालेको हो ।

१ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा १ सय ४९ रन बनाएर अलआउट भयो ।

विराटनगरका लागि इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४ तथा बसिर अहमदले १३ रन बनाए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरीले चार तथा रिजन ढकालले दुई विकेट लिए । टम टेलर, डान मोस्ली, मौसम ढकाल र रञ्जित कुमारले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

उसका लागि ओपनर डेभिड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् ।यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे ।

देव खनाल १२ रनमा आउट भए ।

विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले एक/एक विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *