चन्द्रागिरि नगर प्रहरी सेवा इकाईमा एकजना प्रहरी निरीक्षक, दुईजना सहायक निरीक्षकमा माग
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवा इकाईमा एकजना प्रहरी निरीक्षक र दुईजना सहायक निरीक्षकमा माग गरेको छ ।
नगरले मंगलबार नगर प्रहरी सेवामा करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीका अनुसार खुला प्रतिस्पर्धामार्फत यी पदपूर्ति गरिनेछ ।
उनका अनुसार नगर प्रहरी निरीक्षक पदका लागि स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने नगर प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
उमेरको हकमा नगर प्रहरी निरीक्षकका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक निरीक्षकका लागि ३० वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी कागजातलगायत आवश्यक प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
यसका साथै सूचनामा उल्लेख गरिएका शारीरिक मापदण्ड तथा अन्य शर्तसमेत पूरा गरेको हुनुपर्नेछ । यी दुवै पदमा यही मंसिर २ गतेभित्र दरखास्त दिन सकिनेछ ।
सूचना हेराैं














