नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: खेल रद्ध भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले अंक बाँढे
थानकोट ।
लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल रद्द भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान भिजेर खेल सञ्चालन गर्न अनुपयुक्त भएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।
खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।
यसैबीच, आजै हुने तालिकाअनुसार दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । उक्त खेल अपराह्न ५ बजे सुरु हुने तय भए पनि निरन्तरको वर्षाका कारण प्रभावित हुने सम्भावना छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।











