नेपाल संवत् ११४७ आजदेखि सुरु, चन्द्रागिरिमा शुभकामना सभासँगै र्याली, मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि
थानकोट ।
नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) आजदेखि सुरु भएको छ ।
नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दै छन् ।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।
लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्कलाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।
नेपाल संवत्को नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।
म्हः (आत्म) पूजा
नेपाल संवत्को नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दै छन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
आत्मालाई सन्तुष्ट र प्रसत्र राख्नसके देवीदेवता पनि प्रसत्र भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनले बताए ।
यस वर्ष सोमबार र आज दुई दिन प्रतिपदा तिथि परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भित्रता देखिएको छ । केही स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा पूजा गर्दै छन् ।
चन्द्रागिरिमा शुभकामना सभा, र्याली
नयाँ वर्षका अवसरमा चन्द्रागिरिमा शुभकामना सभासँगै र्याली आयोजना हुँदैछ ।
मच्छेगाउँस्थित तापख्य नेवा पुचःले यसवर्ष चन्द्रागिरिमा भिन्तुना कार्यक्रम व्यवस्थापन गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका-०९ टाैखेलमा र्याली तथा सभा आयोजनाको तयारी भइसकेको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ ।
नयाँ वर्षारम्भ कार्यक्रमका लागि हरिकृष्ण महर्जनको संयोजकत्वमा २७ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।
कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।











