मातातिर्थबाट समातिए एकजना युवा

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ बौथली चोकबाट एक जना युवालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *