क्वेष्ट नेपाल एफिनिटी हबको ११औं सम्मेलन मंसिर ५ गते नैकापस्थित ब्राइट फ्यूचर माविमा हुने

Thankot Times

थानकोट ।

क्वेष्ट नेपाल अन्तर्गतको एफिनिटी हबको ११औं सम्मेलन मंसिर ५ गते शनिबार नैकापस्थित ब्राइट फ्यूचर माविमा आयोजना हुने भएको छ ।

विभिन्न ९ विद्यालयका विद्यार्थीहरू सो सम्मेलनमा सहभागी हुने ब्राइट फ्यूचर माविले जनाएको छ । उक्त सम्मेलनमा विद्यार्थीले आफूले भोगेका समस्याहरूको समाधान गरेको घटना अध्ययन (केस स्टडी) प्रस्तुति, सहयोगी कला र कोलाज प्रतियोगिता, सहयोगी कथा निर्माण प्रतियोगिता, मण्डला निर्माणसहित कार्यक्रम हुने बताइएको छ ।

सम्मेलनमा ब्राइट फ्यूचर मावि, ब्राइट किन्डर वर्ल्ड, क्रियटीभ एकेडेमी, जेसिस मावि, निर्भाना एकेडेमी, पथिक ज्ञान निकेतन, पिनाकल एकेडेमी, ऋचा सह-शिक्षा सदन, स्वस्ति श्री गुरुकुलका विद्यार्थीहरूले मुख्य सहभागिता रहनेछ ।

उक्त सम्मेलनमा पर्यवेक्षकको रूपमा केही विद्यालयका विद्यार्थीहरू पनि सहभागी हुने क्वेस्ट नेपालका उपाध्यक्ष तथा नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिए ।

विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा प्रयोगमा आएको शैक्षिक कार्यक्रम हो ।

नेपालमा सन् १९९० को दशकमा प्रोफेसर दिनेश चापागाँइको अग्रसरतामा पहिलोपटक विद्यार्थी गुणीय चक्रको सुरुवात भएको थियो । चापागाँइले हिमालय विद्यामन्दिर माविमा पहिलोपटक विद्यार्थी गुणीय चक्रको परीक्षण गरेका थिए । पछि सन् २००५ बाट विद्यार्थी गुणीय चक्र संस्थागत रूपमा अघि बढेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ