थानकोट-चित्लाङ क्रश कन्ट्री दाैड भोलि शनिबार, १७० जना धावकको सहभागिता रहने

Thankot Times

थानकोट ।

बैकुण्ठ मानन्धर खेल नेपालको आयोजनामा भोलि शनिबार थानकोटदेखि चित्लाङसम्मको १० माइल क्रश कन्ट्री दाैड प्रतियोगिता हुने भएको छ ।

गत असोज १७ गतेका लागि तय भएको प्रतियोगिता प्रतिकुल माैसमका कारण कार्तिक १४ गतेका लागि सारिएको थियो । कार्तिक १४ गतेपनि माैसम खराब भएपछि प्रतियोगिता भोलि शनिबारका लागि सारिएको हो ।

बिहान ६:३० बजे सुरु हुने दाैड प्रतियोगिता मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङ पुगेर समापन हुने तालिका रहेको छ ।

प्रतियोगितामा १७० जनाले सहभागिता जनाउन नाम टिपाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *