थानकोट गोदामचोकमा स्कुटर दुर्घटना हुँदा घाइते भएका युवाको ज्यान गयो
थानकोट ।
गत कार्तिक २५ गते भाइटीकाको साँझ चन्द्रागिरि नगरपालिका-०४ थानकोट गोदाम चोकमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
थाहा नगरपालिका टिस्टुङ घर भएका जेनिस अधिकारीको आइतबार निधन भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका अधिकारीको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।
सडक किनारमा रोकि राखिएको कारमा अधिकारी सवार स्कुटर बागमती प्रदेश ०२-०३७ प २३३९ नम्बरको स्कुटर ठोक्किएको थियो ।
प्रहरीले उक्त दुर्घटनाको कारणका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
तस्बिरः सामाजिक सञ्जाल











