अयोध्याबाट छुटेको रेल ६०४ किलोमिटर दूरी पार गर्दै जनकपुरधाममा आइपुग्यो

Thankot Times

थानकोट ।

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारणहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् ।

राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।

नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम-अयोध्या रेलसेवा सुरु गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *