स्वदेश फर्केलगत्तै प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीलाई दिए धन्यवाद
थानकोट ।
भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालन्द्र शाह बालेन सोमबार साँझ स्वदेश आइपुगेका छन् ।
स्वदेश फर्केलगत्तै उनले भारतका प्रधानमन्त्री र भारतीय जनतालाई धन्यवाद दिएका छन् ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँगको तस्वीर साझा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रता अझै उचाइमा जाने बताएका छन् ।
सामाजिक सञ्जालमा मोदीले बालेनसँगका तस्वीर साझा गर्दै नेपाली भाषामा स्टाटस लेखेका हुन् ।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणका क्रममा मोदीसँग भेटवार्ता भएको हो ।










