आज बुधबारको माैसम कस्तो रहला ? यस्तो छ महाशाखाको पूर्वानुमान
थानकोट ।
आज (बुधबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ ।
बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।










