काठमाडौंमा डेंगु संक्रमण तीव्र, सरूवा रोग अस्पतालका एकै शैय्यामा दुई बिरामी

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्ने गरेको बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनुपर्ने स्थिति रहेको बताएको छ ।

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *