साफ यु-१७ च्याम्पियनसिप:फाइनल प्रवेशका लागि नेपालले आज श्रीलंकासँग खेल्दै

Thankot Times

थानकोट।

श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ ।

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

उता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो भने बंगलादेशसँग ५-१ ले पराजित भएको थियो ।

आजै बंगलादेश र भारतबीच अर्को सेमिफाइनल खेल पनि हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ