नेपाल ६ रनले स्तब्ध

Thankot Times

थानकोट, चैत्र ११ ।

नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।

जीतसँगै पीएनजीले सिरिजमा १-० को अग्रता बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *