नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताअन्तर्गत मंगलबार भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेकाे छ ।

सुदूरपश्चिमले दिएकाे १२१ रनको विजयी लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा अलआउट हुँदै ९३ रनम समेटियो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियाे ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन बनाए ।

यस्तै, आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १–१ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *