राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना टिम च्याम्पियन

Thankot Times

थानकोट ।

गणेशमान सिंह फाउण्डेशन र नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सतुङ्गलको संयुक्त आयोजना भएको गणेशमान फाउण्डेशन राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ।

प्रतियोगितामा ९ स्वर्ण सहित नेपाली सेना टिम च्याम्पियन हुँदा बागमती प्रदेश ५ स्वर्ण सहित दोश्रो, गण्डकी प्रदेश १ स्वर्ण ४ रजत र ६ कास्य सहित तेश्रो भयो । कर्णाली प्रदेशले उत्कृष्ठ अनुशासित टिम घोषित हुँदा पुरुषतर्फ गण्डकी प्रदेशका बुद्ध लामा र महिलातर्फ बागमती प्रदेशकी श्रद्धा थापा उत्कृष्ठ खेलाडी घोषित भईन् । प्रतियोगिता चैत्र १५ र १६ गते चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा आयोजना भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *