वीआर ब्रदर्शलाई चन्द्रागिरि मेयर कप भेट्रान फुटसलको उपाधी (फोटो फिचर)

Thankot Times

चन्द्रागिरि स्पोर्ट्स क्लबले आयोजना गरेको प्रथम चन्द्रागिरि मेयर कप भेट्रान फुटसल प्रतियोगिताको उपाधी वीआर ब्रदर्श फुटबल क्लबले चुमेको छ । बलम्बुस्थित डीआईजी फुटसलमा शनिबार सम्पन्न चन्द्रागिरि स्पोर्टस एकेडेमी र वीआर ब्रदर्श फुटबल क्लब बीचको फाइनल खेलमा वीआर ब्रदर्श विजयी भयो । निर्धारित समय १-१ गोलको बराबरीम सकिएपछि उपाधीको छिनोफानो ट्राइबेकरमा टुंगिएको थियो । ट्राइबेकरमा ब्रदर्श १ का विरूद्ध ३ गोलले विजयी भयो ।  उपाधीसँगै उसले नगद ५० हजार रूपैयाँ, शिल्ड तथा मेडल हात पार्यो ।

उपविजेता चन्द्रागिरि स्पोर्टस एकेडेमीले २५ हजार नगदका साथै शिल्ड तथा मेडल हात पार्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *