महिला विश्वकप क्रिकेट फाइनल, उपाधी जित्न इंग्ल्याण्डलाई अष्ट्रेलियाको विशाल चुनाैती

Thankot Times

थानकोट ।

महिला विश्वकपको फाइनलमा महिला क्रिकेटका दुई महारथी अष्ट्रेलिया तथा गत संस्करणको विजेता इंग्ल्याण्ड भिडिरहेका छन् । न्युजिल्याण्डको क्राइस्टचर्चमा टस जितेर पहिले बलिङ गरेको वर्तमान च्याम्पियन इंग्ल्याण्डको निर्णयलाई खराब साबित गर्दै अष्ट्र्रेलियाले कीर्तिमानी ३५६ रनको चुनाैती पेश गरेको छ ।

महिला विश्वकपको फाइनलमा यो नै हालसम्मको उच्च रन स्कोर हो ।

अष्ट्रेलियालाई कीर्तिमानी स्कोर बनाउन अलिसा हिलीले शानदार १७० रनको पारी खेल्दा रचेल हेंसले ६८ रनको योगदान दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *