अष्ट्रेलियालाई महिला विश्वकप क्रिकेटको उपाधी, इंग्ल्यान्ड ७१ रनले स्तब्ध

Thankot Times

थानकोट ।

अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो।

आइतबारको फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भयो।

इंग्ल्यान्डका लागि नाट सेभरले नटआउट १४८ रन जोडे पनि आफ्नो टिमलाई च्याम्पियन बनाउन भने सकिनन्।

बलिङमा अस्ट्रेलियाका एलना किङ र जेस जोनासेनले ३-३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५६ रन जोड्यो। अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले  १७० रन जोडिन्। उनले १३८ बलमा २६ चौका प्रहार गरेकी थिइन्।

रिचेल हाइनेसले ६८ रन र बेथ मूनीले ६२ रन जोड्दा अस्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो।

गत संस्करणको विश्वकप फाइनलमा इंग्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गरेर उपाधि जितेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *