बलम्बु अस्पतालमा कार्यरत इन्स्पेक्टर डाक्टर श्रेष्ठका नाउँमा गोरखापत्रमा सूचना

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठ लामो समय कार्यालयमा अनुपस्थित भएपछि गृह मन्त्रालयले सूचना निकालेरै सेवाबाट हटाउने निर्णय गरेको छ । श्रेष्ठ फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएको सूचना गोरखापत्रमा छापिएको छ।

पदीय जिम्मेवारी र आचरण विपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको उक्त सूचनामा उल्लेख छ । सजाय गर्नु नपर्ने कुनै कारण भए पेश गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ जुन बाटोको म्याद बाहेक सात दिनभित्र कारण खुलाउन समेत समय दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *