थानकोट वृत्तमा म्यादी प्रहरीको प्रशिक्षण जारी (फोटो फिचर)

Thankot Times

थानकोट ।

वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि तयारी तिव्र पारिएको छ । निर्वाचन सुरक्षा एवं व्यवस्थापनका लागि झण्डै १ लाख म्यादी प्रहरीले मुलुकभरका विभिन्न प्रहरी कार्यालयहरूमा तालिम तथा प्रशिक्षण लिइरहेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा मातहतका प्रहरी कार्यालयहरूमा १ सय ६२ जना म्यादी प्रहरीले दैनिक प्रशिक्षण लिइरहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीजंग पाण्डेका अनुसार थानकोट वृत्तमा १ सय १२ तथा प्रहरी प्रभागमा बलम्बुमा ६० जना म्यादी प्रहरीले तालिम तथा प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ८ बजेबाट अपरान्ह ४ः३० बजेसम्म उनीहरूले निर्वाचन कानुन, आचारसंहिता, प्रचलित नियम कानुन लगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण लिइरहेका छन् ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका सबै २२ मतदान केन्द्र तथा ५६ मतदानस्थलमा यी म्यादी प्रहरीहरू पनि खटिनेछन् जसले निर्वाचनस्थलको सुरक्षा, मतदाताको सुरक्षा तथा मतगणनास्थलमा समेत सुरक्षा व्यवस्थापनमा साथ दिनेछन् ।

प्रहरी वृत्त थानकोटमा ३६ जना महिला तथा ७६ जना पुरूषले म्यादी प्रहरीमा शारीरिक तथा व्यवहारिक प्रशिक्षण लिइरहेका छन् ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *