एसइई परीक्षा सुरू, यस्तो देखियो चन्द्रागिरिमा एसइईको पहिलो दिन (फोटो फिचर)

Thankot Times

थानकोट ।

माध्यमिक तहको परीक्षा (एसइई) शुक्रबारबाट सुरू भएको छ ।  दुई वर्षपछि विद्यार्थीको भौतिक उपस्थितिमा एसइई परिक्षा शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी भइरहेका छन् ।

कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ / २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष देखि पुण भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।

४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थी चन्द्रागिरि नगरपालिकाका विभिन्न पाँच विद्यालयमा निर्धारण गरिएका परीक्षा केन्द्रमा माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपुर्ण रूपमा सम्पन्न भएको सम्बन्धित केन्द्राध्यक्षहरूले थानकोट टाइम्सलाई जानकारी दिएका छन् ।

परीक्षामा सामेल हुनुपूर्व अधिकांश विद्यालयमा परीक्षार्थीहरूलाई शिक्षक शिक्षिकाले टीका बिदाई गरेका थिए  ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *