एसईई शुक्रबारबाट, चन्द्रागिरिका पाँच परीक्षा केन्द्रमा १ हजार ६ सय परीक्षार्थी

Thankot Times

थानकोट ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदैछ । शैक्षिक वर्ष २०७६ र २०७७ मा कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् ।

चन्द्रागिरि नगरपालिकामा विभिन्न पाँच विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । ४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थी चन्द्रागिरि नगरपालिकाका विभिन्न विद्यालयमा निर्धारण गरिएका परीक्षा केन्द्रमा माध्यामिक शिक्षा परीक्षा (एसईई) दिनेछन् ।

विद्मामन्दिर मा.वि. पुरानो नैकाप परीक्षा केन्द्रबाट विभिन्न ९ विद्यालयका ३ सय ३८ जना विद्यार्थीले परीक्षा दिनेछन् भने विष्णुदेवी शिक्षा सदन मा.वि सतुंगल परीक्षा केन्द्रबाट विभिन्न १२ विद्यालयका २सय ५८ जना विद्यार्थीले परीक्षा दिनेछन् । त्यस्तै  प्रभात मा.वि. चेकपोष्ट परीक्षा केन्द्रबाट विभिन्न १२ विद्यालयका ३ सय ४२ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

रिब्स मा.वि. दुरसंचार परीक्षा केन्द्रबाट विभिन्न पाँच विद्यालयका ३ सय २७ जना परिक्षार्थीले दिँदा विभिन्न ९ विद्यालयका ३ सय ४८ जना परीक्षार्थीले मंगलोदय मा.वि थानकोट परीक्षा केन्द्रबाट एसईई परीक्षा दिनेछन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत वैशाख ९ गते शुक्रबार अंग्रेजी विषयको परीक्षा हुनेछ ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *