चार वर्षपछि खुल्यो सातदोबाटोस्थित पौडी पोखरी, दैनिक तीन सिफ्टमा सञ्चालन हुने

Thankot Times

थानकोट ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि आजबाट खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार र कोभिड महामारीलगायतका कारण ४ वर्षपछि सर्वसाधारणलाई पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो ।

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् । उनका अनुसार १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ । पौडीपोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफगार्डलगायत सुविधा रहेको जनाइएको छ । सदस्यसचिवले सुरक्षा र प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले चलाउन निर्देशन दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *