स्थानीय तह निर्वाचनः चन्द्रागिरि ३ मा महर्जन भर्सेज महर्जनको त्रि-पक्षीय चुनावी भिडन्त

Thankot Times

थानकोट ।

मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ  ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका दुर्गालाल महर्जन वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ३ थानकोटमा यसपटक महर्जन पुनः दोहोरिन चाहेका छन् । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जन ४९५  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

सो चुनावमा ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ३ मा नेकपा एमालेका नारायण बहादुर महर्जनले  ३२४ मत पाएका थिए । महर्जनले पनि यसपटक दुर्गालाल महर्जनलाई नै चुनाैती दिँदा नेकपा माओवादी केन्द्रका देवकृष्ण महर्जनपनि वडाध्यक्ष बन्ने दाउमा छन् । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृतसँग तालमेल गरेको छ भने अन्य दुई दलले एकल उम्मेदवारी दिएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा २ हजार ४ सय ७३ मतदाता रहेका छन् ।

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *