स्थानीय तह निर्वाचनः चन्द्रागिरि ४ मा कृष्णप्रसाद खड्‍गीलाई विरासत जोगाउन चुनाैती

Thankot Times

थानकोट ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गी लोकप्रिय मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ४ थानकोटमा यसपटक खड्गी पुनः दोहोरिन चाहेका छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद खड्‍गी १ हजार ३३६  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । सो निर्वाचनमा ८ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ४ मा नेकपा एमालेका राममान गोपालीले  ७७६ मत पाएका थिए ।

यसपटक चन्द्रागिरि नगरपालिका ४ थानकोटका ३ हजार ६ सय ३० जना मतदाताले २ वटा मतदान केन्द्रबाट यी पाँच जना मध्ये एक जना वडाध्यक्ष चुन्नेछन् ।

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *