स्थानीय तह निर्वाचनः चन्द्रागिरि ५ मा अन्य दललाई नेकपा माओवादी केन्द्रको चुनाैती

Thankot Times

थानकोट ।

मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कान्छाभाई महर्जनसँग पराजय व्यहोरेका नेकपा माओवादी केन्द्रका राजेन्द्र महर्जनले यसपटक पुनः वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । चन्द्रागिरि ५ मा २ स्वतन्त्र सहित ७ जना वडाध्यक्षको चुनावी मैदानमा छन् । गत स्थानीय निर्वाचनमा तेश्रो स्थानमा खुम्चिएको नेपाली काँग्रेसले यसपटक नेकपा माओवादी केन्द्रलाई वडाध्यक्षमा जिताउन मत मागिरहेको छ । चन्द्रागिरि ५ मा वडा सदस्यका तीन पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारले मत मागिरहेका छन् ।

२ हजार ४ सय ५६ जना मतदातासमक्ष भोट माग्दै घरदैलोमा व्यस्त भइरहेका चन्द्रागिरि ५ का वडाध्यक्षका उम्मेदवारहरू यसप्रकार छन्ः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


One thought on “स्थानीय तह निर्वाचनः चन्द्रागिरि ५ मा अन्य दललाई नेकपा माओवादी केन्द्रको चुनाैती

Leave a Reply

Your email address will not be published. Required fields are marked *