स्थानीय तह निर्वाचनः चन्द्रागिरि ६ को नेतृत्व लिन माओवादी केन्द्रलाई कलमको साथ !

Thankot Times

थानकोट ।

स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा एकल रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । मतदानको मिति नजिकिँदै गर्दा केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको छ भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको नाम फिर्ता लगिएपछि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा नेतृत्वको दाबी सहित उम्मेदवारी दिएको छ ।

चन्द्रागिरि नगरपालिका ०६ महादेवस्थानमा २०७४ को स्थानीय तहको निर्वाचनमा बाजी मारेका नेकपा एमालेका सन्जय सिग्देलले यसपटक पनि दोहोरिने इच्छा देखाएका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सिग्देल ५ सय ९१  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ७ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ६ को उक्त निर्वाचनमा नेपाली काँग्रेसका स्वयंम थापाले ४८१ मत पाएका थिए ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित महिला सदस्य कमला बलामीले यसपटक नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी भएपनि अन्तिम समयमा उनको उम्मेदवारी फिर्ता भएको थियो । समाजवादीले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णय गर्दै वडाका ३ पदमा दाबी पेश गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नंं ६ महादेवस्थानका २ हजार ८ सय ४९ मतदातासमक्ष  भोट माग्दै घरदैलो पुग्न व्यस्त भइरहेका वडाध्यक्षका उम्मेदवारहरू यसप्रकार छन्ः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *