स्थानीय तह निर्वाचनः चन्द्रागिरि ७ को नेतृत्व लिन केसी भर्सेज थापा त्रयको प्रतिस्पर्धा

Thankot Times

थानकोट ।

स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा एकल रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । मतदानको मिति नजिकिँदै गर्दा केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको छ भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको नाम फिर्ता लगिएपछि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा नेतृत्वको दाबी सहित उम्मेदवारी दिएको छ ।

चन्द्रागिरि नगरपालिका ०७ महादेवस्थानमा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलेका उम्मेदवारलाई २ सय ३५ भोटले पछि पार्दै वडा नेतृत्वको जिम्मा पाएका नेपाली काँग्रेसका शम्भुकुमार केसीले यसपटक पनि वडाको नेतृत्वमा दाबी गरेका छन् । ५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको यस वडामा नेकपा एमालेका श्रीहरि थापाले ४५५  मत पाएका थिए ।

यसपटक चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानको नेतृत्व लिनका लागि २ स्वतन्त्र सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन अप्रत्याशित रूपमा नेकपा एकीकृत समाजवादी प्रवेश गरेका सुरेन्द्र थापाले चन्द्रागिरि ७ को चुनावी माहोलमा नयाँ तरंग थपिदिएका छन्, उनी एकीकृत समाजवादीबाट वडाको नेतृत्वका लागि योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्ने बताइरहेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नंं ७ महादेवस्थानका २ हजार ६ सय ४१ मतदातासमक्ष भोट माग्दै घरदैलो पुग्न व्यस्त भइरहेका वडाध्यक्षका उम्मेदवारहरू यसप्रकार छन्ः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *