चन्द्रागिरि ८ मा काँग्रेस अघिअघि एमाले पछिपछि
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ ।
चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार ७०० मत गणना हुँदा यस वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ३०२ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले २९१ मत पाएका छन् ।
यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
हालसम्म चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा २९६ तथा सूर्य चिन्हमा ३१० मत परेको छ ।