१० बुँदे सहमतिसँगै डा. गोविन्द केसीले १३औँ दिनमा तोडे अनसन
थानकोट ।
स्वास्थ्य क्षेत्रको सुधार लगायतका माग राख्दै १३ दिनअघिदेखी अनसन बसेका डा. गोविन्द केसीले १३ अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि उनले शनिबार साँझ अनसन तोडेका हुन् ।
सहमतिअनुसार ५०० शय्याका अस्पतालहरूको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लगिने भएको छ। त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम पनि छिटो सकिनेछ ।
त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्न सरकार तयार भएको छ । सहमतिपछि केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका थिए ।
डा. केसीले धनगढीबाट अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा उनको अनसनकै अवस्थामा उपचार भइरहेको थियो ।














