चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल

Thankot Times

थानकोट ।

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा कुल सहभागी मध्ये ५७.६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजा अनुसार ४२.३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहे ।

उनका अनुसार डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडीएसतर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *