थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घन्टामा ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ४ सय जना सक्रिय संक्रमित छन्।
१०३ जना संक्रमित निको समेत भएका छन्।














