जनकपुरमा भीषण आगलागी, घाइते ३ जना मध्ये एकजनाको अवस्था चिन्ताजनक

Thankot Times

थानकोट । 

सोमबार राति धनुषाको जनकपुरधाममा भीषण आगलागी भएको छ । स्थानीय कदम चोकमा रहेको हेलमट पसलबाट सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुर्याएको बताइएको छ ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन् । 

यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *