कुलेखानी जलाशयमा पानीको सतह बढ्यो

Thankot Times

थानकोट ।

कुलेखानीस्थित जलाशयमा पानीको तह १ हजार ५२०.८६ मिटरमा पुगेको छ ।

बिहीबार साँझसम्ममा कुलेखानी जलाशयको पानीको सतह तीव्र दरमा बढिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जलाधार क्षेत्रमा पानी परिरहेकाले प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको तह बढिरहेको छ ।

हाल देशमा एक मात्रै जलाशययुक्त आयोजना भएकाले कुलेखानीलाई नेपालको ‘पावर ब्याक-अप’ का रूपमा लिन गरिन्छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *